जीवनशैली

गौरादहमा मदन भण्डारी फाउन्डेसन गठन, कमिटीमा ओली पक्षधर नेताहरु मात्रै


      २०७७ पुष ६, सोमबार २१:१४

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र गौरादहमा मदन भण्डारी फाउन्डेसन गठन गरिएको छ । जनताको बहुदलीय जनवादको रक्षा र त्यसको विकासका लागि गौरादहमा फाउन्डेसन गठन गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य तुलसी कार्कीको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीमा ओली पक्षधर नेताहरु मात्रै छन् । कमिटीको नेकपा प्रदेश कमिटी सदस्य तथा पूर्व सांसद दिपक कार्कीले घोषणा गरेका थिए । कमिटीको उपाध्यक्षमा बलबहादुर तामाड, सचिवमा यादव अधिकारी, सदस्यहरुमा भोजराज दाहाल, डिल्ली काफ्ले, गजेन्द्र घिमिरे, भीम निरौला, कपीलमणि काफ्ले, नारायण घिमिरे, नगेन्द्र भण्डारी सहितका छन् । यस अघि दमकमा पनि फाउण्डेसनको नगर समिति गठन गरिएको थियो । झापामा फाउन्डेसनको जिल्ला कमिटी यस अघि देखि नै सकृय छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु