जीवनशैली

कानेपोखरीबाट खैरो हेरोइनसहित पाँच पक्राउ


      २०७७ पुष ७, मंगलवार १४:११

मोरङ प्रहरीले कानेपोखरी गाउँपालिकाबाट खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।सोमबार साँझ जिल्ला प्रहरी कार्यालयको टोलीले कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट ४० ग्राम खैरो हेराइनसहित पाँचजना पक्राउ गरेको हो । प्रहरीले उनीहरुले प्रयोग गरेको को३५प २२७२, को३३प २६६ नम्बरको मोटरसाइकलमा नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेहरुमा कानेपोखरी–५ का १९ वर्षीय मुस्कान चौधरी, विक्रम मगर, २२ वर्षीय पञ्चन साह, २३ वर्षीय शान्तिराम काफ्ले र २४ वर्षीय राजेश धिमाल रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु