जीवनशैली

मोटरसाइकल चोरीमा संलग्न चार पक्राउ


      २०७७ पुष ७, मंगलवार १५:१२

विराटनगरस्थित नोबेल अस्पताल परिसरबाट चुडामणि कार्कीको हराएको मोटरसाइकल चोरीको घटना संलग्न भएको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
अस्पताल परिसरबाट पुस ५ गते कार्कीको को३९प २४४२ नम्बरको मोटरसाइकल हराएको थियो । हराएको मोटरसाइकल खोजी गर्ने क्रममा सोमबार उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लैजाँदै गरेको अवस्थामा विराटनगर–४ स्थित बुढाथोकी मार्गबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर–४ का २० वर्षीय विवेक थन्दार, २० वर्षीय अमन थन्दार, बुढीगंगा गाउँपालिका–२ का २० वर्षीय पुजन थन्दार र दुहवी–१० का २० वर्षीय नगेन्द्र चौधरी छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु