
झापा — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा झापाबाट केन्द्रीय सदस्यमा झापाबाट ८ जना थप भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहको आज वालुवाटारमा बसेको केन्द्रिय कमिटी बैठकले झापाका थप ८ केन्द्रीय सदस्य थप गरेको हो । झापाका संविधानसभा सदस्य दिपक कार्की र प्रेम गिरी केन्द्रीय सदस्य चयन भएका छन् ।
यस्तै कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, सांसद एलपी सावा, जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा अनुशासन आयोग सदस्य अर्जुन राई, पुर्व सांसद हरिचरण शिवकोटी र हरिचरण बानियाँ केन्द्रीय सदस्य भएका छन् ।
फेसबुकमा तपाईको प्रतिक्रिया