जीवनशैली

प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए


      २०७७ पुष ८, बुधबार १७:३३

झापा, ८ पुस । प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ ।
प्रदेश १ मा आज ३५ संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, तेर्हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा १३, रतुवामाई र धनपालथानमा २–२ र रंगेली र बेलबारीमा १–१, झापाको दमक र शिवसताक्षीमा २–२, गौरादह र मेचीनगरमा १–१, सुनसरीको धरानमा २, इटहरी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, तेर्हथुमको फेदाप र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५२४ पुगेको छ ।
प्रदेश १ मा आज ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु