जीवनशैली

गृह जिल्लामै ओली समूह कमजोर, सचिवालयमा ओली पक्षधरको बाहुल्य, समग्र कमिटीमा भने अल्पमतमा ओली पक्षधर


      २०७७ पुष ८, बुधबार १७:३९

झापा — प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा उनै अल्पमतमा देखिएका छन् । झापा जिल्ला कमिटीमा १ सय ७७ मध्ये ३५ प्रतिशत मात्रै उनी पक्षीय नेताहरु रहेका छन् । ओली निकट नेताका अनुसार केही नेताहरु केही दिन हेर्ने पक्षमा छन् । कोही सूर्य चिन्ह जसले पाउँछ उतै जाने तरखरमा छन भने केही नेताहरु अझै सम्म खुलेका छैनन, ती नेताले भने, अहिलेको समग्र स्थितिमा बिगतको पक्षधरका आधारमा हामी ३५ देखि ४० प्रतिशतको स्थितिमा छौ ।
५९ सदस्यीय सचिवालयमा ओली पक्षधरको बाहुल्य रहे पनि कार्यालय र समग्र कमिटीमा भने अल्पमतमा ओली पक्षधर रहेका छन् । बिगतको एकता प्रकृयामा ओली पक्षधर ४० प्रतिशत माधव नेपाल पक्ष २० प्रतिशत थियो ।
यस्तै पूर्व माओवादी पक्षधरले ४० प्रतिशत जिल्ला कमिटीमा थिए । तर केही माओवादी नेताहरु ओली पक्षमा र केही ओली पक्षका नेताहरु नेपाल प्रचण्ड पक्षमा पुगेका छन् । नेकपाको कार्यालयमा अध्यक्ष तथा केन्द्रीय सदस्य चिन्तन पाठक, प्रेम गिरी, चन्द्रा श्रेष्ठ, राजेन्द्र दाहाल माओवादीबाट बिजय लिम्बु, मोहन टुडु, अरुण श्रेष्ठ रहेका छन् । लिम्बु भने बादल समुहबाट एकता भएका हुन ।
उनको पक्षधरता स्पष्ट भइसकेको छैन । ती मध्ये श्रेष्ठ प्रचण्ड नेता पक्षमा देखिएका थिइन् । राजेन्द्र दाहाल बिगतमा प्रचण्ड नेपाल समुहमा देखिएपनि अहिले पक्षधरता खोलिसकेका छैनन ।
दाहालले भने, अहिले म नेकपाको सदस्य हुँ, नेता बिशेषसँग असहमति रहन सक्छन, तर अहिले सम्म म एकीककृत पार्टीकै पक्षमा छु । उनी अहिले प्रधानमन्त्रीकै पक्षमा रहेको दाबी अर्काे समुहको छ । पार्टीका कार्यालय सचिव शिवकुमार ढुगेँल भने ओलीको पक्षमा छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु