
बिर्तामोड – जनता समाजवादी पार्टी नेपालले आज बिर्तामोडमा प्रदर्शन गरेकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै झापामा आज प्रर्दशन भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था संसारकै उत्कृष्ठ भनिएपनि नेकपा भित्र पद, प्रतिष्ठा र आपसीद्वन्द्वले प्रधानमन्त्री ओलीले गत पुस ५ गते स्वेच्छाचारी निणर्य गरी हतारमा जनादेश प्राप्त प्रतिनिधि सभा विघटन गर्दै मध्यावदी चुनाव घोषणा गरेको प्रति जनता समाजवादी पार्टीले विरोध जनाएको हो ।
प्रतिनिधि सभा पुनः स्थापना गराउनु पर्ने माग गर्दै पार्टीले आज बिर्तामोडस्थित मुक्ति चौकमा कोणसभा समेत सम्पन्न गरेको छ ।
सभालाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय सदस्यहरु राधा थापा, नितानन्द ताजपुरिया, सूर्यनारायण गणेश, १ नम्वर प्रदेश अध्यक्ष प्रविण चाम्लिङ, जिल्ला अध्यक्ष दीपेनवाला राई लगायतले प्रधानमन्त्रीको प्रतिगमनकारी, स्वेच्छाचारी शासन विरुद्ध आफूहरुको विमति रहेको बताएका थिए ।
फेसबुकमा तपाईको प्रतिक्रिया