जीवनशैली

खैरो हिरोईनसहित बिर्तामोडबाट एक युवक पक्राउ


      २०७७ पुष ८, बुधबार २०:५४

झापा। खैरो हिरोईनसहित झापाको बिर्तामोडबाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

आज दिउँसो बिर्तामोड–५ का संजय तामाङलाई शान्ति टोल क्षेत्रमा मोटरसाइलमा पूर्व तर्फ जाँदैं गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २६ ग्राम हिरोइन बरामत गरेको छ ।

विशेष सुराकीका आधारमा इप्रका अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त टोलीले तामाङलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

तामाङले शरिरका विभिन्न भागमा लुकाईछिपाई राखेको अवस्थामा हिरोइन फेला पारेको हो । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इप्रका बिर्तामोडमा राखिएको डिएसपी मुकुन्द रिजालले बताएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु