
धनकुटा बजारको जिरो प्वाइन्टमा आज बिहान यात्रुवाहक बसले किचेर महिलाको मृत्यु भएको छ । धरानबाट तेह्रथुम जाँदै गरेको को १ ख ४०७४ नम्बरको बसले किच्दा धनपा ९ बेलहाराकी बर्षीया ४५ की गुना राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बसबाट ओर्लेकी उनलाई सोही बसको पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । घटनापछि चालक र बसलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि धनकुटा अस्पताल ल्याइएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया