जीवनशैली

विराटनगरमा मशाल जुलुस र प्रधानमन्त्रीको पुत्ला दहन


      २०७७ पुष ९, बिहीबार २०:४४

विराटनगर । प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गरेको भन्दै विद्यार्थीहरुले विराटनगरमा मशाल जुलुस प्रदर्शन गरी प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।
नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोधमा बिहीबार साँझ विराटनगरमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने राष्ट्रघाती कदमका विरुद्ध मशाल जुलुस प्रदर्शन र पुत्ला दहन गरेको विद्यार्थी नेता ओसिम आलमले बताउनुभयो ।

विराटनगरको संसारी माईस्थान र घोघापुल चौक गरी दुई छुट्टाछुट्टै मसाल जुलुस निकालेका थिए । मसाल जुलुससहित बजार परिक्रमा गर्दै विराटनगरको जलजला चौकमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थिए ।

उनीहरुले प्रधानमन्त्रीका कमद विरुद्ध नाराबाजीसमेत गरेका थिए । असंवैधानिक र राष्ट्रघाती कमदका विरुद्ध आगामी दिनमा पनि कडा प्रर्दशन गर्ने अनेरास्ववियु केन्द्रीय नेता ओसिम आलमले जानकारी दिनुभयो ।

पछिल्ला केही दिनयता प्रधानमन्त्री ओलीले चालेको संविधान विपरितको कदमका विरुद्ध देशैभरी विरोध प्रदर्शन भइरहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु