जीवनशैली

झापाका ४ संघीय सांसद प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा


      २०७७ पुष १०, शुक्रबार ०९:३२

झापाका ४ संघीय सांसद प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा देखिएका छन् । अध्यक्ष ओली सहित एलपी साँवा, विमला विक र कुमारी मेचे छन् । यस्तै स्थानीय तहका धेरै प्रमुख पनि प्रधानमन्त्री पक्षमा देखिएका छन् ।झापामा स्थानीय तहका प्रमुख र उपप्रमुखहरुमा ओली पक्षको बहुमत स्पष्ट देखिएको छ । जिल्लामा १५ पालिकाका ३० प्रमुखरउपप्रमुखहरुमा १५ जना ओली पक्षधर छन् । कांग्रेसका ७, राप्रपा ४ का र प्रचण्ड–नेपाल समूहका ३ जना रहेका छन् । झापामा ओली पक्षका प्रमुख/उपप्रमुखहरुमा मीना पोखरेल उप्रेती , ध्रुव शिवाकोटी, मिरा भूर्तेल,कमला आचार्य,राजेन्द्र पोखरेल, मञ्जु प्रसाई, चन्द्र शेर्मा, मेनुका काफ्ले, बेनु शिवाकोटी, रोमनाथ ओली, गिता अधिकारी, गिता भेट्वाल ,कुन्ती बुढाथोकी , जीवन श्रेष्ठ र डम्बर गिरी रहेका छन् । प्रचण्ड–नेपाल समूहबाट प्रमुख र उपप्रमुखमा हरि राना, चन्द्रा श्रेष्ठ, भोजकुमारी नेपाल रहेका छन् ।

बिर्तामोडकी उपप्रमुख पवित्रा महतरा तटस्थ रहेकी छन् । विगतमा उनी ओलि निकट थिइन । पूर्व माओवादीले झापामा प्रमुख र उपप्रमुखमा एक सिट पनि जितेको छैन । जितेका ३ तीनै जना मावध नेपाल पक्षधर हुन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु