जीवनशैली

सिंचाईको व्यवस्था हुने भए पछी बाँझो जमिन खेतियोग्य जमिनमा परिणत हुदै


      २०७७ पुष १२, आईतवार १२:०८

दमक/ उर्वर क्षेत्रमा सिंचाईको व्यवस्था हुने भए पछी बाँझो जमिन खेतियोग्य जमिनमा परिणत हुने भएको छ ।
दक्षीणी नेपाल –भारत सिमा क्षेत्र गौरिगञ्ज गाउँपालिका वडा नम्बर २ लालमाटीमा सिँचाईका लागी डिप बोरिङ्गको कार्य युद्धस्तरमा कार्य भईरहेको हो । क्षेत्र नम्बर ४(क) का प्रदेश सांसद झmलक सिंह दर्लामीको पहलमा संघिय सरकारको सिँचाई जलस्रोत तथा उर्जा मन्त्रालय अन्र्तगत तराई मधेश समृद्ध योजना मार्फत ७५ लाख बजेट बिनियोजन भए सँगै डिप बोरिङ्गको कामले तिब्रता पाएको हो । डिप बोरीङ्गको कार्य उच्चाकोटी ट्युवेल ड्रिलिङ्ग कम्पनि प्रा. लि धनगढीलाई जिम्मा दिइएको छ । हाल पहिलो चरणको डिप बोरीङ्ग गाड्ने कार्य भईरहेको छ । पानीको सतह १ सय फीट देखी १ सय २० फीट मा डिप बोरीङ्ग गाडीने छ । जस्को कार्य अन्तिम चरणमा पुगेको छ ।

यस क्षेत्रमा सिँचाईका लागी डिप बोरीङ्को कार्य शुचार भए सँगै यस भेगका कृषकहरु उत्साहीत भएका छन् । सिँचाईका लागी डिप बोरीङ्को कार्य शुरुवात गर्नका लागी गत बर्षको फाल्गुनमा स्थानीय मोती प्रसाद नेपालको अध्यक्षतामा ७ सदस्य समिती गठन गरीएको थियो । तर कारोना भाईरसको महामारीका कारण निर्माण कार्यले गति लिन पाएको थिएन ।

सिँचाईका लागी डिप बोरीङ्को ड्रिलिङ्ग गर्ने कार्य सम्पन्न भए पश्चात दास्रो चरणको ठेक्का सम्झौता भएमा संरचना निर्माण, पाईप बिस्तार लगायतका कामहरु बाँकी रहनेछन् । योजना समयमा सम्पन्न भएमा यस सिँचाई योजनाले ८० देखी एक सय बिगहा क्षेत्रफलमा सिँचाई पुर्याउन सक्ने क्षेत्र नम्बर ४(क) प्रदेश सांसद झलक सिंह दर्लामीका स्वकिय सचिव दुर्गा नेम्बाङको भनाई छ ।

क्षेत्र नम्बर ४(क) मा ३ स्थानमा गरी झापामा यस्ता ८ वटा योजनाहरु शुचारु अवस्थामा रहेका छन् । योजनाले निरन्तरता पाउने हो भने उर्वर क्षेत्र मानिएको दक्षिणी भेगमा सिँचाईको अभावका कारण बाँजो रहेका सयौँ बिगहा जमिनहरुमाक्षेत्र कृर्षिजन्य बस्तुहरुको उत्पादनमा बृद्धी हुनेछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु