जीवनशैली

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै


      २०७७ पुष १३, सोमबार ०९:३३

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ ।

एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुनेछ ।

विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा हुने सभालाई सम्बोधन गर्नुहुनेछ ।

महामन्त्री डा.शशांक कोइरालाले नवलपुरमा, प्रकाशमान सिंहले बानेश्वरमा, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु