जीवनशैली

प्रधानमन्त्री ओलीको गृहनगरमै लाग्यो केपी ओली मुर्दाबादको नारा


      २०७७ पुष १३, सोमबार १९:०३

झापा — प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध उनकै गृहनगर झापाको दमकमा प्रदर्शन भएको छ ।
अहिले केहिबेर अघि प्रचण्ड–माधब समुहका नेकपा कार्यकर्ताले झापाको दमकमा प्रधानमन्त्री ओली मुर्दाबाद, बिघटित प्रतिनिधी सभा पुनसर््थापना गर, बिदेशी दलाल होसियार लगायतका नारासहित राँके जुलुश निकालेका छन् । राके जुलुश निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी समेत भएको थियो ।
पार्टीलाई जबरजस्ती फुटाएर प्रधानमन्त्री ओलीले सारा कार्यकता निराश पारेको र अभिमत प्राप्त संसद बिघटन गरेर अधिनायकबाद तर्फ उन्मुख भएका ओलीले आफु कम्युनिष्ट हुँ भन्न पनि लजाउनुपर्ने नेकपा नेता महेन्द्र भट्टराईले बताए ।

दमकमा निकालिएको राके जुलुशमा प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु नाराबाजी गर्दै दमकको गणतन्त्र चोक पुगेका थिए । गणतन्त्र चोकमा कोणसभा आयोजना गरि उनीहरुले ओलीको कदमको भत्र्सना गर्दै बिरोध जनाएका हुन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु