जीवनशैली

सामाजिक विकास मन्त्री कार्कीद्धारा पदबहाली


      २०७७ पुष १३, सोमबार २०:०१

विराटनगर, १३ पुस । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन संवन्धि निर्णयमा हस्ताक्षर गर्नुभएको छ । मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरुले स्वागत गरेका थिए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो पदबाट राजीनामा दिनुभएको थियो । उहाँको हिजै मन्त्रालयले विदाई गरेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु