
प्रतिबन्धित विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अन्य चार पार्टीसँग मिलेर संयुक्त रुपमा आन्दोलन चर्काउने भएको छ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी मिलेर वर्तमान सरकार र संसदीय ब्यवस्था विरुद्ध आन्दोलन चर्काउने भएको हो । चार वटै पार्टीका नेतृत्वले हस्ताक्षर भएको संयुक्त विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । अब चाँडै नै रणनीतिक संयुक्त मोर्चाको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम छिट्टै घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ । बैदेशिक शक्तिको इसारामा केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेको उनीहरुको आरोप छ । समस्याको समाधान संसद पुर्नस्थापना वा मध्यावधि निर्वाचनबाट नभई संघीय जनगणतन्त्रबाट मात्रै हुने उनीहरुको निश्कर्ष छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया