अर्थ

जंगली हात्तीले उपद्रो मच्याउदाँ आधा दर्जन घरमा क्षति


      २०७७ पुष १४, मंगलवार १७:३०

दमक/ जंगली हात्तीले उपद्रो मच्याउदाँ गएराती झापाको कमल गाउँपालिका वडा नं ५ मा पर्ने टुकुरे र गुहेश्वरी टोलका आधा दर्जन घरमा क्षति पुरयाँएको छ ।वडाध्यक्ष डम्बर वहादुर निरौलाका अनुसार गएराति करिव २ बजे तिर ६ वटा संख्यामा आएको जंगली हात्तीको वथानले बितण्डा मच्चाउदाँ टुक्रेका बलबहादुर विष्ट,बसन्त धिमाल,देव लिम्बू,इश्वरी भठ्ठराई,तुलसी वराल र सुकमाया लिम्बूको घरमा क्षति पुरयाँउनुका साथै अन्नवाली समेत सखाप पारेको छ । बस्तीमा नै हात्तीको बथान नै पसेपछि रातभर त्यस क्षेत्रमा त्रास उत्पन्न भएको उनले वताए ।चुरेसंगै नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट हात्तीको समूहले एकाएक घर भत्काउन थालेपछि रातभरि त्यहाँ भागाभाग मच्चिएको थियो । हात्तीको उपद्रोका कारण स्थानीय बासिन्दाहरु घर छाडेर भाग्नुपरेको थियो । सर्वसाधारणले हात्तीका कारण मध्यरातदेखि नै बस्न नसकिने अवस्था भएको बताउँदै प्रहरीमा खबर गरेपछि हात्ती धपाउन अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको वडाध्यक्ष निरौलाले वताए ।
दमकबाट गएको जनपथ प्रहरी र लखनपुरस्थित सशस्त्र प्रहरीको टोलीसहितका सुरक्षाकर्मीहरुले दुई घण्टा लगाएर हात्तीलाई पूर्वतर्फ नै धपाउन सफल भएका थिए । चुरे र नजिकैको जंगलका कारण त्यहाँ हात्तीले यसरीनै उपद्रो मच्याउने गरेको स्थानीय लालवहादुर विष्टले वताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु