देश

दमकमा ओली सरकारको कदम विरुद्ध लिम्बुवानको विरोध सभा


      २०७७ पुष १५, बुधबार १२:५२

दमक/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले मंगलबार दमकमा वर्तमान केपी ओली नेतृत्वको सरकारका गतिबिधिहरु विरुद्ध भण्डाफोर गर्दै विरोध सभा गरेको छ ।
झापाका ग्रामिण क्षेत्रसहित छिमेकी जिल्लाबाट समेत सयौंको संख्यामा कार्यकर्ताहरु उतारेर सो पार्टीले लामो समयपछि दमकमा सरकारले चालेको असंबैधानिक कदमको विरुद्ध प्रदर्शन गरिएको सो पार्टीले जनाएको छ । विरोध सभामा दमकको दक्षिण भेगमा चिनियाँ लगानीमा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका निहुँमा बर्षौंदेखि त्यस भेगमा बसोबास गर्ने आदिवासी , भुमीहिन सुकुम्बासीहरुलाई विस्थापित गर्न लागिकाएको भन्दै सो परियोजनाको समेत विरोध भएको छ ।
सभालाई सम्बोधन गर्दै पहिचानवादी आन्दोलनका नेताहरुले वर्तमान ओली नेतृत्वको सरकार अहिले सम्मका राजनीतिक उपलब्धीहरुलाई समेत गुमाएर निरंकुशता लादने शैलीमा अघि बढेको उल्लेख गरे । उनीहरुले त्यस्तो गलत रवैयाका विरुद्ध सडकबाटै आन्दोलन उठाएर सरकारलाई घुँडा टेकाउने उदघोष समेत गरे ।
सभालाई पार्टी अध्यक्ष कुमार लिङदेन, उपमहासचिव तथा झापा इञ्चार्ज भानु भट्टराई, लिम्बुवान भोलेन्टीयर्सका कमाण्डर राजु राई लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
वक्ताहरुले नेकपा सरकारले विकासको नाममा संघीयताको मर्म विपरित भौगोलिक विविधतालाई वेवास्ता गर्दै आदिवासी जनजातिहरुले संरक्षण गर्दै आएका प्राकृतिक सुन्दरताको दोहन गर्ने काम नरोके जस्तो सुकै प्रतिकारमा पनि उत्रिने चेतावनी दिए । सभाको सञ्चालन विष्णु माया भट्टराईले गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु