खेलकुद

दमक नगर खेलकुद विकास समितिले विद्यागत नौ वटा खेलका संयोजकहरु तोक्यो


      २०७७ पुष १५, बुधबार १६:५९

दमक /दमक नगर खेलकुद विकास समितिले समग्र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले विद्यागत उपसमितिहरु गठन गरेको छ । समितिका पदाधिकारी तथा सदस्यहरुलाई थप समन्वयको जिम्मेवारीसहित विद्यागत नौ वटा खेलका संयोजकहरु तोकिएको नगर खेलकुद विकास अध्यक्ष समेत रहेका दमक ८ का वडा सदस्य भिमराज केसीले वताए ।जसअन्तर्गत फूटबलका लागि मोहन मगर ,क्रिकेटका लागि बबरजंग थापा,भलिबलका लागि शैलेन्द्र श्रेष्ठ, व्याडमिन्टनमा दिलु सुव्वा, तेक्वान्दोमा गुमानसिंह तामाङ,करातेमा मूभि कोयु राई,चेसमा चन्द्र खत्री ,बक्सिङमा निशान धिमाल र एथलेटिक्समा विनोद भण्डारीलाई संयोजक तोकिएको छ । संयोजकहरुले आगामी पुस २५ गते भित्रमा सरोकारवाला तथा खेलाडीहरुलाई समेटेर बढीमा ११ सदस्यीय रहने गरि विद्यागत खेल समिति गठन गर्ने अध्यक्ष केसीले वताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु