जीवनशैली

आजको मौसम : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव, आंशिकदेखि सामान्य बादल लाग्ने


      २०७७ पुष १६, बिहीबार १०:३७

अहिले देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल र पश्चिमी तराईमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने छ भने बाँकी ठाउँको मौसम सफा रहने छ ।

तराई क्षेत्रमा लागेको हुस्सु दिउँसोपखबाट हट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु