जीवनशैली

इटहरीको पूर्वी पृतना अगाडी प्रदर्शन,यातायात अबरुद्ध


      २०७७ पुष १६, बिहीबार १९:२७

६ महिनाअघि सेनाको २ नम्बर वाहिनी हिले धनकुटामा सेनाका मेजर हवाल्दारको मृत्यु प्रकरण शंकास्पद भएको भन्दै मृतकका आफन्तहरुले इटहरी स्थित पूर्वी पृतना हेटक्वाटर इटहरी अगाडी प्रदर्शन गरेका छन । सेनाले नै हत्या गरेको भन्दै आफन्तहरुले प्ले कार्ड सहित नेपाली सेना मुर्दाबादको नारा समेत लगाए । जेठ ५ गते गम्भिर घाइते भएर १२ गते बिएमसि अस्पताल विराटनगरमा मृत्यु भएका सेनाका हवाल्दार सुनसरी रामधुनी वडा नं. ३ का पर्शुराम भट्टराईकी श्रीमती कमलाले घटना शंकास्पद भएको जनाउँदै सेनाका तत्कालिन वाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी दिए पनि अनुसन्धान नभएको भन्दै प्रदर्शन गरेका हुन ।
३८ वर्षीय पर्शुराम २ नम्बर बाहिनीमा जेठ ५ गते राति अचेत भईं लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएपनि तत्काल परिवारका सदस्यलाई कुनै जानकारी नदिईकन अस्पताल भर्ना गरेपछि मात्र थाहा पाएकाले घटना रहस्यमय भएको भन्दै परिवारले लामो समय देखि आन्दोलन गदै आएका छन । आन्दोलनमा आएका मृतकका आफन्तहरुलाई पृतना अगाडीबाट हटाउन खोजे पछि मृतककी श्रीमती कमलाले सडकमै सुतेर आन्दोलन गरे पछि सडक जाम भएको छ ।पर्शुराम बिरामी परेको सूचना आएपछि परिवारका सदस्य अस्पतालमा गएर हेर्दा टाउँको देब्रे पट्टि कन्चट नजिक गम्भिर चोट लगेर भित्रपट्टि हड्डी फुटे जस्तो चोट देखिएको मृतक आफन्तहरुको आरोप छ । दुवै आँखामा निल डाम, दाहिने हात, घुडालगायत शरिरको विभिन्न भागमा थुप्रै ठाउँ चोट लागेर अचेत भई भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा फेला परेको भन्दै हत्या भएको आरोप लगाउँदै आएका छन । यस अघि पनि पृतना अगाडी आफन्तहरुले प्रदर्शन गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु