अर्थ

खोलाको बगरमा लटरम्म कागती


      २०७७ पुष १७, शुक्रबार १६:२२

इलाम । बगरमा खेर गइरहेको जमिन सदुपयोग गरेर इलामका एक किसानले राम्रो आम्दानी गरिरहनुभएको छ । इलाम नगरपालिका–१०, गोदकस्थित माइखोलाको बगरमा कागती लगाएर स्थानीय किशोरसिंह खत्रीले आकर्षक आम्दानी गर्न कागती खेती थाल्नुभएको हो । माइखोला राजदुवाली पुलबाट करिब ३ सय मिटर बगरैबगर उँधो झरेपछि खत्रीको व्यावसायिक कागती खेतीमा पुगिन्छ । उहाँले यहाँ लगाउनुभएको ६ सय बिरुवाबाट पहिलो वर्ष नै १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको बताए ।
स्थानीय जातको कागती गुणस्तरीय हुने भएकाले विक्रीका लागि भौंतारिनु नपरेको उहाँको भनाइ छ । माइखोलाको बगरमा रहेको खत्रीको जमिन वर्षाैंदेखि बाँझै रहेकोले उक्त जमिनमा कागती खेती शुरु गरेको खत्रिको भनाई छ ।
आफू सरकारी जागिरमा भएका बेला खेती गर्न नपाएकाले जमिन खेर गएपनि फुर्सद भएपछि खेती थालेको उनको भनाई छ । अहिले खत्रीले बगरको आफ्नो जमिनमा टिक, पाउलोनियाँ र एभोकाडोका बिरुवासमेत लगाएका छन । जिल्लामा ठूलो कागती खेती नभएका बेला खत्रीले यसको व्यावसायिक खेती गरेको हुन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु