जीवनशैली

लागुऔषधका मुद्धाका फरार प्रतिबादी कारागार चलान


      २०७७ पुष १७, शुक्रबार १६:५६

झापा /लागुऔषधका मुद्धाका फरार प्रतिबादी कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय झापाले प्रेस नोट जारी गर्दै सो कुराको जानकारी गराएको हो । झापा जिल्ला अदालत भद्रपुरको मिति २०७२।०२।२८ गतेको फैसला अनुसार लागू औषध मुद्दाका झापा जिल्लाा खजुरगाछी गाबीस २ हाल गौरीगञ्ज गाउपालीक ५का बार्ष २४का शंजयकुमार साह प्रतिबादीलाई २१ दिनको को सजाय ठहरिएकोमा निज वारदात पश्चात फरार रहेको हुँदा
खोजलताश गर्ने क्रममा बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंज झापाबाट खटिएको प्रहरीटोलीले मिति २०७७।०९।१५ गते निज कै स्थायी घर बाट पक्राउ गरी मिति २०७७।०९।१६ गते नै फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले निज प्रतिबादीको PCR टेष्ट भई रिपोर्ट नेगेटिभ आए पश्चात बाँकी कैद भुक्तानको लागी कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र(आदेश भएको हुँदा हाल निज प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब निरिक्षक राकेश थापाले जनाएका छन

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु