जीवनशैली

पश्चिमी वायुको प्रभाव कायमै, आज मुलुकका केही भू-भागमा वर्षा र हिमपात हुन सक्ने


      २०७७ पुष १८, शनिबार ०८:४१

पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज मुलुकका केही भू-भागमा वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा सामान्यतया मौसम सफा रहे पनि तराई क्षेत्रमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु