जीवनशैली

विशेष अदालतको ‘निर्देशनात्मक आदेश – दमकका गगन पुरी रिहा


      २०७७ पुष १८, शनिबार ०८:४९

विशेष अदालतको ‘निर्देशनात्मक आदेश’पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई तारेखमा रिहा गरेको छ ।

३९ दिनयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दमकका नेकपा नेता पुरी शुक्रबार तारेखमा छुटेका हुन् । पुरीलाई नियमित हाजिर हुने गरी रिहा गरिएको विभाग स्रोतले जनायो ।

सरकारी जग्गा कीर्ते गरी हत्याएको अभियोगमा उनलाई विभागले पक्राउ गरेको थियो । तर, विशेष अदालतले उनलाई थुनामा राख्ने अनुमति नदिएपछि विभागले शुक्रबार रिहा गरेको हो ।

पुरीलाई हिरासतमा राखेर अनुसन्धान गर्ने समय थपका लागि गत आइतबार विशेष अदालत लगिएको थियो । अदालतले उनलाई अन्तिमपटक भनी सात दिनको म्याद थपेको थियो ।

‘अरू मुद्दामा खुरूखुरू हिरासत राख्न अनुमति दिने अदालतले यो प्रकरणमा आरोपीलाई अन्तिमपटक थुनामा राख्न भन्दै आदेश दियो,’ विभाग स्रोतले भन्यो ।

विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको लागि पक्राउ परेर मुद्दा अदालत नपुग्दै छुट्ने छुट्ने पुरी पहिलो व्यक्ति हुन् । यसरी पक्राउ व्यक्तिलाई ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार विभागलाई छ ।

दमक–८ (साबिक(१३ र १४)को सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा हत्याएको आरोपमा पुरी विरूद्धको मुद्दा झापा जिल्ला अदालतमा अहिले पनि विचाराधीन छ ।

सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ अनुसन्धान गर्न भनेपछि विभागले पुरीमाथि अनुसन्धान थालेको थियो । पुरीले २४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ ।

पुरी दमक नगरपालिका–६ का हुन् । उनी नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य हुन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु