जीवनशैली

दमकको एड्भान्स अस्पतालको साधारण सभा सम्पन्न, अध्यक्षमा माधब पराजुली


      २०७७ पुष १८, शनिबार १७:२९

झापा, झापाको दमकमा रहेको एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको ५ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले पुन माधब पराजुलीको अध्यक्षतामा ९ सदस्य अस्पताल सञ्चालक समिति सर्बसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना, सचिबमा पर्शुराम खरेल रहेका छन् भने सदस्यहरुमा डा. अनिल थापा, दिपक खरेल, डा. केपी सुबेदी, ऐश्वर्या तिम्सिना, भूपालराज कटुुुवाल र नारायण केसी रहेको अस्पताल ब्यवस्थापक चैतन्य बरालले जानकारी दिएका छन् ।
यस्तै ५ औं साधारण सभाले अस्पालको नयाँ भवन बनाउने तथा थप सेवा सुबिधा बिस्तार गर्दै लैजाने निर्णय पारित गरेको सदस्य दिपक खरेलले जानकारी दिएका छन् । अध्यक्षमा सर्बसम्मत भएपछि अध्यक्ष पराजुलीले अस्पतालमा थप सेवा सुबिधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरि ५ औं साधारण सभाले पारित गरेका योजनाहरु अंक्षरस पालना गराउन आफु दत्तचित्त भएर लाग्ने अध्यक्ष पराजुलीको भनाइ छ । अस्पतालले यस क्षेत्रका सेवाग्राहीहरुलाई समयानुकल सेवाहरु दिन लागिपरिरहने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु