जीवनशैली

प्रदेश १ मा ३१ जना कोरोना संक्रमित थपिए


      २०७७ पुष १८, शनिबार १७:५३

झापा, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ५२५ पुगेको छ ।

प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमलगाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमतिको संख्या२९ हजार ८४३पुगेको छ ।

प्रदेश १ मा आज ३२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार २३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु