जीवनशैली

पार्टी एकताको पक्षमा प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली


      २०७७ पुष १८, शनिबार १७:५९

झापा, १८ पुस । प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले आफु पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

उनी नेकपाको नेपाल–प्रचण्ड पक्षले आज विर्तामोडमा आयोजना गरेको विरोध सभामा सहभागी भएनन् ।

‘म पार्टी विभाजनको पक्षमा छैन, विर्तामोडको सभामा जान मनले मानेन,’ नेकपाका नेता तथा प्रदेश सांसद् मैनालीले भने ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गरेको घटनालाई प्रतिगमनको संज्ञा दिदै नेपाल–प्रचण्ड समूहको नेकपाले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा सो समूहमा लागेका नेता, सांसद् र पूर्व सांसद्हरु सहभागी छन् ।

तर नेता मैनाली कार्यक्रममा गएनन् । उनले जनताले दिएको जनादेश सबैले मान्नुपर्ने र आफु पार्टी एकताकै पक्षमा रहेको प्रष्ट पारे ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु