जीवनशैली

लागुऔषध गाँजा सहित ३ जना पक्राउ


      २०७७ पुष १८, शनिबार १८:२३

सुनसरी, सुनसरीको इटहरी उप-महानगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । साथै लिम्बुले गाँजा ओसार पसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।

यसै गरि मोरङ केराबारी-१० खदम खोला स्थित एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ केराबारी-७ का १७ बर्षीय बिशेष राई र सोही स्थानका १९ बर्षीय बिपिन लिम्बु रहेका छन । उनिहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे २ केजी गाँजा सहित पक्राउ गरेको हो । यसरी लागुऔषध गाँजा सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु