
झापा – प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले शनिवार झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा नेतृत्वको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा गरेपछि आक्रामक बनेको प्रचण्ड-नेपाल समूह अहिले सडक संघर्ष गरिरहेको छ।
बिरोध सभामा बोल्दै पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नभएको बताए।उनले दुई जना पाइलट रहेको ठूलो जेट विमानलाई एकजना चालकले दर्घटना गराएको बताए।
भट्टराईले ओलीका कार्यकर्तालाई ओलीलाई धेर नउकास्न आग्रह गरे। उनले भने, ‘अब ओलीको राजनीतिक जीवन समाप्त भयो। ओलीलाई अब आराम गर्न सुझाव तपाईं कार्यकर्ताले सुझाव दिनुहोस्।कार्यक्रमलाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईंले अहिलेको संविधान शहिदहरुको बलिदानको उपज भएको बताइन्।
प्रधानमन्त्री केपी ओलीलाई संविधान कुल्चिने कुनै अधिकार उनले बताइन् । विरोध सभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध चर्का नाराबाजी गर्दै प्रचण्ड-नेपाल समूहका नेताकार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए।
फेसबुकमा तपाईको प्रतिक्रिया