
दमक/ दमकमा सञ्चालित एडभान्स मल्टिस्पेसियलिटी हस्पिटल प्रालिको ५ औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका नयाँ नेतृत्व चयन गरेको छ । आज शनिबार सम्पन्न साधारण सभाले पुन माधव पराजुलीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । सञ्चालक समितिको नयाँ सदस्यमा गौरादह निवासी यूवा व्यवसायी भूपालराज कटवालले जिम्मेवारी पाएका छन ।
सञ्चालक समितिको उपाध्यक्षमा पुन कृष्ण तिम्सिना, सचिवमा परशुराम खरेल र सदस्यहरुमा दीपक खरेल, डा. केपी सुबेदी, ऐश्वर्या तिम्सिना, नारायण केसी र डा. अनिल थापा रहेका छन । अस्पतालको व्यवस्थापकको जिम्मेवारी चैतन्य बरालले सम्हाल्दै आएका छन । बराल लामो समयदेखि चलचित्र व्यवसायीसंगै सामाजिक क्षेत्रमा क्रियाशील छन ।
यस्तै ५ औँ साधारण सभाले अस्पतालको नयाँ भवन बनाउने र थप सेवा सुविधा बिस्तार गर्दै लैजाने निर्णय गरेको जनाइएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया