
काठमाण्डौ । गत बिहिबार सार्वजनिक गरिएको ‘तोरी पेली तेल’ बोलको गीतको कभर भियिो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ । साथै, उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइने निर्माणपक्षले बताएको छ ।
क्याडी इन्टरटेन्मेन्टले निर्माण गरेको यो गीतको भिडियोमा मोडलद्धय नाजिर हुसेन र आँचल शर्माको अभिनय छ । डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान्सका रमाइला पलहरु समावेश गरिएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया