
झापा । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्कीले प्रदेश सरकार आधारभुत शिक्षा उपलब्ध गराउन लागी परेको बताए ।
कमल गाउँपालिका वडा नम्बर २ समयगढ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयको निर्माणधिन नयाँ भवनको शिलान्यास गर्ने क्रममा मन्त्री कार्किले सो कुरा बताए ।
हामीले विकास निर्माण धेरै गर्यो अझै पनि विकास निर्माणका काम तिव्र गतिमा भैरहेका छन् । तर विकासले मात्र पुग्दैन, यसलाई परिचालन र सदुपयोग गर्न शिक्षा अनिवार्य आवश्यतामा पर्छ । हिजोको जस्तो स्यौला र धुलामा बसेर आज शिक्षा हासिल गर्न सकिदैन समय अनुसार आधुनिक र सुविधा सम्पन्न भवनमा बसेर विद्यार्थीले अध्यान गर्न पाउनुपर्छ । त्यसका लागी संघिय सरकारबाट प्राप्त रकमले यो भवन निर्माण हुन लागेको हो । सो भवन गुणस्तर मापदण्ड अपनाएर समयमा नै पुरा हुने मन्त्री कार्कीले बिश्वास व्यक्त गरे ।
संघिय सरकारबाट प्राप्त २ करोड ५० लाख मध्ये १ करोड ६५ लाख ६८ हजार ८७७ रुपैँयामा ठेक्का सम्झौता भएको १४ कोठे भवन २०७८ साल असार १० गते निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले (पोख्रेल)को अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेनु शिवाकोटी वडा नं-१ का वडाध्यक्ष केदार कटुवाल, वडा नं-२ वडाध्यक्ष तारानाथ न्यौपाने, वडा नं वडाध्यक्ष-४ का प्रेमबहादुर राईको उपस्थिती रहेको थियो ।कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाले शाब्दिक शब्दले स्वागत गरेको थिए भने गाउँपालिका शिक्षा समितिका सदस्य राजनबहादुर ढुङ्गाना शुभकामना मन्तव्य राखेका थिए ।
फेसबुकमा तपाईको प्रतिक्रिया