जीवनशैली

सवारी दुर्घटनामा १ को मृत्यु


      २०७७ पुष २१, मंगलवार १५:११

पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १—०२—०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनीसँगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१ की सलिना राई घाइते भएकी छन् । उनीहरु दुवैलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु