खेलकुद

झापाको कचनकवलमा रंगशाला निर्माण शुरु


      २०७७ पुष २२, बुधबार १०:३०

झापाको कचनकवलमा रंगशाला निर्माण शुरु भएको छ । कचनकवल –६ मा रहेको लक्ष्मी माविको जग्गामा रंगशाला निर्माण शुरु गरिएको प्रदेश सांसद् बसन्त बानियाँले जानकारी दिए । अढाई विघा क्षेत्रमा रंगशाला निर्माण शुरु भइसकेको बानियाँको भनाई छ ।

विधालयको ४ विघा जग्गा स्थानीय नागरिकले जोतभोग गर्दै आएको थिए । ४० वर्षदेखि स्थानीय किसानले उपयोग गर्दै आएको जग्गा विधालयकै स्वामित्वमा फिर्ता ल्याएर रंगशाला निर्माण गरिएको हो ।

अढाई विघामा रंगशाला बन्दैछ, बानियाँले भने – बाँकी जग्गा पनि खेलकुद कै लागि प्रयोग गरेर खेल क्षेत्रको विकास गरिने बताइएको छ ।

रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ र प्रदेश १ सरकारले १५ सहयोग गरेको थियो । कचनकवल गाउँपालिकाले समयमा ठेक्का नलगाएका कारण प्रदेशको १५ लाख फ्रिज भएको सांसद् बानियाँले जानकारी दिए ।

उनका अनुसार रंगशाला निर्माणका लागि गाउँपालिकाले चासो नदिदाँ १५ लाख फ्रिज भएको हो । राष्ट्रिय खेलकुद् परिषद्बाट ल्याएको १५ लाखबाट मैदान बनाउने र पर्खाल लगाउने काम थालिएको बानियाँको भनाई छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु