जीवनशैली

चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ


      २०७७ पुष २२, बुधबार ११:०६

मोरङ,  मोरङको लेटाङ नगरपालिका-२ चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे  लेटाङ नगरपालिका-४ का २६ बर्षीय बिकेन राई, १६ बर्षीय शिसिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिका-३ की २२ बर्षीया अनु राईलाई पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले लागुऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसीक २० एम्पुल र डाईजेल्याव १९ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु