जीवनशैली

क्लब हिमालयन टाइगर सहयोग लिएर बिरामिको घरमा पुग्यो।


      २०७७ पुष २२, बुधबार १२:०८

दमक। दमक८ सृजना टोलमा बस्दै आएका ६५ बर्षिय रुद्र प्रसाद बास्तोला र ५२ बर्षिय भव माया बास्तोलाका दुई छोरा र दुई छोरि मध्ये अहिले एक छोरि मात्र जिवित रहेकिछिन।
एक छोरि पनि उपचार नपाएर बिगत लामो समय देखि छट्पटी रहेको , खबर बाहिर आएपछी दमक स्थित क्लब हिमालयन टाइगरले आज आफनो साथिभाइ बाट सहयोग उठाएर नगद दश हजार रुपैया सहयोग गरेको छ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष रेबतचन्द्र भणडारि ,सदस्य भरत दाहाल ,राजु निरौला,तेज कु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। ऐलानि जग्गामा झुपडीमा बस्दै आएका पीडित परिवारको आयस्रोत केहि पनि छैन बनिबुतो गर्दै जसोतसो २ छाक टार्दै आएका पीडित परिवार सहयोगको लागि धेरै ठाउँमा हार गुहार गर्दा पनि अहिले सम्म कहि कतै बाट केहि सहयोग नआएको बताइएको छ। सहयोग पाएपछि केहिदिन अघि छोरिको उपचार धारानमा गराएर ल्याइएको आमा भबमाया बास्तोलाले बताइन ,बिरामी छोरीको नशाको रोग भएको र उपचार र औसधिमा धेरै रकम आवश्यकता परेको बताइन ।अहिले उक्त बिरामिको बोलि समेत राम्ररी बुजिदैन।।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु