अर्थ

गौरादहमा १ दिने कर शिक्षा कार्यक्रम सम्पन्न


      २०७७ पुष २२, बुधबार २०:०७

झापा– झापाको गौरादहमा १ दिने कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गौरादह उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय दमकको सहकार्यमा १ दिने कर शिक्षा कार्यक्रम आज सम्पन्न भएको हो ।

गौरादह–३ स्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रमको आयोजना गौरादह उद्योग वाणिज्य संघले गरेको हो । कर शिक्षा कार्यक्रममा दमक आन्तरिक राजस्व कार्यालयका अधिकृतद्वय देवेन्द्र कुमार लिम्बु र ध्रुवसिंह घलानले कर शिक्षामा सहजीकरण गर्दै कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुलाई वर्तमान समयमा सरकारले निर्धारण गरेको कर सम्बन्धी जानकारी गरउनुभएको थियो ।

यस्तै, करको प्रकृति, दायरा र सेवाबारे पनि कार्यक्रममा जानकारी गराउनुभएके थियो । करका बारेमा सबै उद्योगी व्यवसायीहरु जानकार रहनुपर्ने, समयमा इमान्दारिता पूर्वक कर तिर्नुपर्ने, कर नर्तिदा हुने दण्ड जरिवाना बारेमा स्पस्ट पार्नुभएको कार्यक्रम संयोजक भरत फुँयालले जानकारी दिनुभएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु