
बिर्तामोड । झापामा बृहत युवा भेला आयोजना हुने भएको छ । युवा संघको आयोजनामा जिल्ला स्तरीय बृहत युवा भेलाको आयोजना गरेको युवा नेता सागर पोर्तेलले जानकारी दिए । उनका अनुसार पुष २७ गते धुलावारी स्थित टाउन हलमा भेला आयोजना गरिएको छ ।
झापाका सबै स्थानीय तहका युवाहरुको सहभागिता हुने पोर्तेलले जानकारी दिए । उनले सो युवा भेलालाई नेकपाका केन्द्रीय सदस्य एवम् युवा इञ्चार्ज महेश बस्नेतले सम्बोधन गर्नेछन् । देशभर युवाहरुको भेलालाई सम्बोधन गर्दै आएका बस्नेत प्रभावशाली नेता हुन् ।
जिल्ला भेलाका सन्दर्भमा बुधबार बसेको बैठकले जिल्लाभरका हजारौं युवाको सहभागिता गराउने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ झापाको आयोजनामा हुने कार्यक्रमका लागि १५ वटै पालिकामा व्यवस्थापनको जिम्मेवारी समेत बाँडफाड गरिएको जिल्ला संयोजक शम्भु भण्डारीले जानकारी दिए । कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु बनाइएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया