जीवनशैली

पुस २७ मा कांग्रेस दमकको वनभोज


      २०७७ पुष २३, बिहीबार १२:२१

दमक,२३ पुस । नेपाली कांग्रेस दमकले अघिल्ला वर्षझै यसवर्ष पनि वनभोज कार्यक्रमलाई दिएको छ । पार्टी संगठन सुढृढिकरण कार्यक्रम अन्तर्गत यसवर्ष पनि कांग्रेसले यहि पुस २७ गते दमक ४ स्थित भट्टराई कुल वंश प्रतिष्ठानको परिसरमा वनभोज कार्यक्रमको आयोजना गरिएको पार्टी नगर सभापति रोशन विष्टले वताएका छन् ।
उनले पार्टी संगठन सुढृढिकरणमा सहयोग पुरयाँउन उद्देश्यले विगतका बर्षझै यसवर्ष पनि सामूहिक रुपमा वनभोजसहित कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको वताए । वनभोजलाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न पार्टी नगर सचिव प्रकाश प्रसाईको संयोजकत्वमा वनभोज व्यवस्थापन समिति गठन गरिएको छ । संयोजक प्रसाईले वनभोजको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । वनभोजमा पार्टीका केन्द्रीय,जिल्ला,क्षेत्रीयसहित नगरका कार्यकर्ताहरु गरि दुई हजार बढीको सहभागिता रहने जनाईएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु