जीवनशैली

झापामा ट्रकको ठक्करबाट बालकको मृत्यु


      २०७७ पुष २३, बिहीबार १५:५३

झापा । शिवसताक्षी नगरपालिकास्थित दुधे शिवगञ्ज भित्री सडक खण्डमा मालवाहक ट्रकको ठक्करबाट बिहीबार बिहान ११ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।

शिवगञ्जबाट दुधेतर्फ आउँदै गरेको मे.१.ख. ३१९२ नम्बरको ट्रकको ठक्करबाट स्थानीय धनबहादुर राईको ११ वर्षीय छोरा भीम राईको घटनास्थलमै मृत्यु भएको हो । उक्त सडकखण्ड अन्तर्गत शिव चोकमा साइकलमा सवार बालकलाई ट्रकले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

झिलझिले ट्राफिक प्रहरी पोष्टका इन्चार्ज गणेश श्रेष्ठका अनुसार बालक साइकलमा सवार थिए । दुर्घटना गराउने ट्रक र  चालक मेचीनगर वडा नं. १० बस्ने जीवन लामालाई इलाका प्रहरी कार्यलय झिलझिलेले नियन्त्रणमा लिएको छ । दुर्घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु