जीवनशैली

मेचीनगर र शिवसताक्षीमा ब्राउन सुगरसहित ६ जना पक्राउ


      २०७७ पुष २४, शुक्रबार १२:३७

झापा । मेचीनगर र शिवसताक्षी क्षेत्रबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले राती साँढे ६ बजे मेचीनगर नगरपालिका-१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका-११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका-९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीवार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका-१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका-६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका-१ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु