जीवनशैली

झापामा रहेका ज्ञानेन्द्र आफ्ना बुवा महेन्द्रले बस्ती बसालेको गाउँमा पुग्दा ……..


      २०७७ पुष २५, शनिबार १९:०८

झापा – केहि दिन यतादेखी झापामा रहेका पूर्व राजा ज्ञनेन्द्र शाहले भद्रपुरस्थित एक विद्यालयका बिद्यार्थीलाई राहत बितरण गेका छन् ।
पूर्व राजा शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई राहत वितरण गरेका हुन् । स्वर्गीय राजा महेन्द्र शाहले वस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पुगेका थिए । उनी बुहारी हिमानी र नाती हृदयेन्द्रलाई लिएर साविक पृथ्वीनगर गाविस (नगरपालिका २ ) स्थित गौरीशंकर गाउँमा शनिबार दिउँसो पुगेपछि उनीहरुलाई त्यहाँ स्थानीयवासीले भव्य स्वागत गरेका थिए ।
पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषबाट त्यहाँका विद्यार्थी र जेष्ठ नागरिकलाई राहत सामग्री वितरण गर्न उनीहरु त्यहाँ पुगेका हुन । हिमानी कोषबाट सिंहदेवी आधाभूत विद्यालयका ६५ जना विद्यार्थीलाई विद्यालय पोशाक ज्याकेट र पोसिलो खानेकुरा र ३० जना विपन्न तथा अपाङ्गता भएका जेष्ठ नागरिकलाई जाडोको सिलिपङ वेड वितरण गरेका थिए ।
महिला आदर्श सेवा समितिका अध्यक्ष राधा कार्की र झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरुले सो कार्यक्रमको सहजिकरण गरेका थिए ।
पूर्व राजा ज्ञानेन्द्रका पिता महेन्द्रले भारत लगयात अन्य देशमा रोजगारीमा गएका नेपाली नागरिकलाई स्वदेश फर्काउने अभियान अन्तरगत २०२४ सालमा गाउँ फर्क अभियान सुरु गरेका थिए । पूर्व राजा महेन्द्रले पूर्नवास कम्पनीमार्फत साविक पृथ्वीनगर गाविसमा वनजंगल फडानी गरी त्यहाँ वस्ती बसाएका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु