जीवनशैली

एक जना पनि संक्रमित नआएपछि विराटनगरस्थित कोशी कोभिड अस्पताल रित्तियो


      २०७७ पुष २५, शनिबार २०:५१

विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमितहरु नआउँदा अस्पताल खाली भएको छ । ८० वेड क्षमता भएको सोउपचार केन्द्रमा एक जना पनि संक्रमित नभएको सो उपचार केन्द्रका व्यवस्थापकका सदस्य एपोलो भगतले जानकारी दिनु भयो । सरकारले परीक्षण दायरा कमगरे पछि संक्रमितको संख्या पनि कम हुँदै गएको छ ।

प्रदेश सरकारले सो उपचार केन्द्रमा संक्रमितहरुको निशुल्क उपचार गर्दै आएको थियो ।प्रदेश १ सरकारले नागरीक केयर सेण्टर संगको लगानीमा सो उपचार केन्द्रमा थप दुई सय ५० बेडको उपचार केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।

विराटगनरका अधिकाशं निजीअस्पतालहरुमा पनि संक्रमितको संख्या घटेको छ भने धेरै जसो अस्पतालहरुले संक्रमितको उपचार गर्न बन्द गरेको बताएका छन् ।

प्रदेश १ मा ३० हजार संक्रमित पुगेका छन् भने संक्रिय संक्रमित २ सय ९७ जना छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु