
दमक , विवेकशील साझा पार्टी झापाले सहभागितामुलक विधिमार्फत दमक नगर कमिटी गठन गरेको छ ।
सदस्यहरुमा सुमन मोते,तेजकुमार श्रेष्ठ ,तिर्थ चाम्लिङ ,तेज पाण्डे ,दुर्गा घिमिरे ,लेखनाथ मिश्र ,चन्द्र गौतम ,पुजन आचार्य,सुरज शर्मा बन्जरा,प्रकाश घिमिरे राजकुमार श्रेष्ठ रहेका छन् । त्यस प्रारम्भिक कमिटीलाई निकट भविष्यमा थप विस्तार गरिने जनाइएको छ । जयप्रसाद विमलीले संचालन गरेको कार्यक्रममा विवेकशील साझा पार्टीका झापा संयोजक मेदनी प्रसाईले सहभागीहरुलाई स्वागत गर्दै नवगठित कमिटीको नामावली घोषणा गरेका थिए । पार्टीका केन्द्रीय सदस्य भिमप्रसाद अधिकारी,रमेश विष्टले पार्टीको कार्यदिशा र लोककल्याणकारी राज्यका बारेमा धारणा राखेका थिए । पार्टीका १ नं प्रदेशका कार्यवाहक संयोजक महेन्द्रकुमार थापाले नवघोषित समितिलाई माटोको टीका लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।
फेसबुकमा तपाईको प्रतिक्रिया