जीवनशैली

झापाको शिवसताक्षीमा सवारी दुर्घटना, शिवसताक्षीका छबिरमण ढकालको मृत्यु


      २०७७ पुष २६, आईतवार ०९:१२

दमक, झापाको शिवसताक्षीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ निवासी ३८ वर्षीय छबिरमण ढकालको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ  ।
शनिवार राति साढे ८ बजेतिर दमकबाट मोटरसाइकल सवार ढकाल पूर्वतर्फ आउँदै गरेका उनलाई अन्य सवारीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ स्थित धरमपुर कमल खोला सडक खण्डमा उक्त दुर्घटना भएको हो । उनले चलाएको मोटर साइकललाई ठक्कर दिने सवारी साधनको पहिचान भएको छैन । उनको शव अस्पतालमा लगिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु