अर्थ

दश वर्षपछि कृषि बजार बिर्तामोडको निर्वाचन, अध्यक्षमा पौड्याल निर्वाचित


      २०७७ पुष २६, आईतवार ०९:२३

बिर्तामोड । कृषि उपज थोक बजार बिर्तामोडको बजार ब्यबस्थापन समितिको अध्यक्षमा कमलप्रसाद पौड्याल निर्वाचित भएका छन् ।
व्यवस्थापन समितिको लागि ६ जना निर्वाचित सदस्यबाट उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । कृषि उपज बजार ब्यबस्थापन समितिको सदस्य पदमा कृषक समूहतर्फबाट बिर्तामोडका पौड्याल, कनकाईका हरि सिलवाल र महिला सदस्यमा अर्जुनधाराकी बृन्दा लुईटेल निर्वाचित भएका थिए ।

त्यस्तै ब्यापारीहरुमध्येबाट ३ जना सदस्य निर्वाचित भएका थिए । निर्वाचित हुनेहरुमा पार्वती चुँडाल ज्योति , खगेन्द्र महतो र धर्म बराल रहेका छन् । उनीहरुमध्येबाट पौड्याललाई अध्यक्ष बनाइएको हो । समितिमा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन पदेन सदस्य रहनेछन् । दश वर्षपछि कृषि उपज थोक बजार बिर्तामोडमा निर्वाचन भएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु