अर्थ

सुनको भाउ आज तोलामा २३ सय रुपैयाँ घट्याे


      २०७७ पुष २६, आईतवार १२:५८

काठमाण्डाै / सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।  गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु