जीवनशैली

झापाको पश्चिमी क्षेत्रमा लागुऔषधको कारोवार उच्च, ५२ जना लागुऔषधको कारोवारमा संलग्न भएको आरोपमा पक्राउ


      २०७७ पुष २६, आईतवार १६:५८

झापाको पश्चिमी क्षेत्रमा लागुऔषधको कारोवार उच्च हुने गरेको पाईएको छ । प्रहरीले गत १५ महिनाको अवधीमा ६ महिला सहित ५२ जनालाई लागुऔषधको कारोवारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकका अनुसार यस अवधीमा प्रहरीले २० केजी ६४५ ग्राम समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो । यस्तै उच्च मुल्य रहने भनिएको ब्राउन सुगर समेत ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ । यसै अवधीमा ७ सय ६९ ग्राम ७ सय ७२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाई छ । यिसँगै डाईजेपाम, लुपिसेजीक, फेनारगन जस्ता ट्याव्बलेट लागुऔषध पनि ३ सय २६ सेट बरामद भएको छ ।
२०७६ असोज २६ गते देखि ईलाका प्रहरी कार्यालय दमकको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका नायव उपरीक्षक पण्डितको सरुवा भएसँगै उहाँले आफ्ना कार्यकालका उपलव्धि बारे पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको हो । उहाँको गन्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा भएको र अब दमक प्रहरी प्रमुखको रुपमा प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जिम्मेवारी सम्हाल्ने जनाईएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु