जीवनशैली

दमकमा ट्रकको ठक्करबाट एक साइकलयात्री गम्भीर


      २०७७ पुष २६, आईतवार २०:२०

दमक,  झापाको दमकमा ट्रकको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ४ कृष्ण मन्दिर नजिकै आइतबार साँझ ट्रकले ठक्कर दिँदा दमक ४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझा घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क २८७७ नम्बरको ग्यास बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकलयात्री ओझालाई ठक्कर दिँदा उनी सडकमै लडेका थिए ।

त्यसपछि सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो ।

दुर्घटना परी घाइते ओझालाई थप उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएको प्रहरीले जनाएको छ ।

यता प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु